ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) अन्तर्गत धनकुटाका ८० जना युवालाई सिटिईभीटी सीप परिक्षण पासको प्रमाण पत्र
धनकुटा खबर ।ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले धनकुटाका विभिन्न स्थानका ८० जना युवाहरुलाई ३ सय ९० घण्टा सीप मुलक तालिम प्रदान गरेको छ ।
जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रालि वुटवलको आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा जिल्लाको पाख्रीवास नगरपालिकाको २ र ६ नं वडाका २०, २० जना युवायुवतीलाई ब्रिक लेयर मेशन र हाउस वेरिङ सम्वन्धि,छथरजोरपाटी गाउँपालिकाका २० जना लाई ब्रिक लेयर मेशन र धनकुटा नगरपालिकाका २० जना युवायुवतीलाई हिलेमा हाउस वेरिङ सम्वन्धि तालिम दिईएको कलेजका कार्यक्रम संयोजक शैलेश वानियाले जानकारी दिनुभयो ।
तालिममा सहभागी सवैलाई सिटिईभिटीको सीप परिक्षण गराई प्रमाण पत्र प्रदान गर्दै औपचारिक रुपमा आज तालिम समापन गरिएको उहाँले वताउनुभयो ।
तालिममा खिला प्रसाद आचार्य, रमेश पाख्रीन, जुनी कुमारी राई,तारादेवी सुनार,सुरज वहादुर नगरकोटी,पास वहादुर सारु,जीवन राई र अम्विका देवी निरौलाले प्रशिक्षण दिएका थिए ।


