धनकुटामा ४५ जना स्वयंसेविका सम्मानित

धनकुटा खबर । १७ औं महिलास्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा धनकुटा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ४५ जना स्वयंसेविकाहरूलाई प्रशंसा पत्र र निजहरूको कार्यक्षमताको आधारमा पुरस्कृत गरीएकोछ ।

धनकुटा नगरिपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको कार्यक्रमा उनिहरु लाई सम्मान गरिएको धनकुटा नगरपालिकाका स्वाथ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिनु भयो ।

कार्यक्रमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर थापा स्वास्थ्य कार्यालय स्वास्थ्य शिक्षा अधिकृत गोकुल भण्डारी लगायत स्वास्थ्य संस्था प्रमुख, कर्मचारी र स्वयंसेविकाको उपस्थितिम रहेको थियो ।

सो अबसरमा महिला स्वास्थ्य स्वयंसेविका भई २०४६ देखि २०७६ सम्म ३० बर्षसम्म दुर्गम स्थान भिरगाउँमा सेवा दिई उमेरको कारण अबकाश पाउनु भएकी दुर्गा देवी थापालाई नगरपालिकाको तर्फबाट रू २०,००० नगर,सम्मानपत्र र दोसल्ला ओढाई सम्मानका गरिएको समेत भण्डारीले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।