धनकुटाको विकास र समृद्धीको विषयमा नेपाली कांग्रेसका नेताहरु वीच छलफल

मंशिर २२,धनकुटा । धनकुटाको विकास र समृद्धीको विषयमा नेपाली कांग्रेसका नेताहरु वीच छलफल भएको छ ।

पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्रि सुनिल वहादुर थापा र युवा नेता गगन थापासंग अाईतवार काठमाण्डौमा पार्टीका जिल्ला सचिव सहितको टोलीले धनकुटाको विकास र समृद्वीको वारेमा छलफल गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका सहमहामन्त्रि थापाले धनकुटामा स्वास्थ्य सहित अन्य सम्पूर्ण क्षेत्रमा सधै आफ्नो सहयोग रहने वताउनुभयो । त्यस्तै पूर्व स्वास्थ्यमन्त्रि गगन थापाले कोभिड १९ विरुद्व विजय प्राप्तिका लागि सवैको साथ सहयोग आवश्यक रहेकोमा जोड दिदै नेपाली कांग्रेसलाई जीवन्तता दिन पार्टी संगठनमा आमुल परिवर्तन गर्न जरुरी रहेको वताउनुभयो । उहाँले अब हरेक तहमा हस्तक्षेप गरेर भएपनि युवाहरु नेतृत्वमा आउन सक्नु पर्नेमा जोड दिनुभयो ।

टोलिले नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल संग पनि भेटगरि संगठनको वारेमा छलफल गरेको छ । छलफलमा पार्टी संगठन विस्तार तथा सुदृढीकरणको वारेमा समेत कुराकानी भएको थियो । टोलिमा पाटीका जिल्ला सचिव विजय सन्तोषी राई,धनकुटा — काठमाण्डौ सम्पर्क समितिका सभापति भीम थापा,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायत सहभागि थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।