धनकुटाको मुलघाटमा दाहसंस्कारका लागि दाउराको विकल्प डिजेल प्लान्ट !
धनकुटा खबर । दाहसंस्कारका लागि काठदाउरा पाउन छाडेपछि धनकुटाको मुलघाटमा डिजेल प्लान्ट संचालनको तयारी गरिएको छ ।
नजिकैका निजी तथा सामुदायीक बनहरुबाट दाहसंस्कारकर्मका लागि चाहिने काठदाउरा उपलब्ध हुन छाडेपछि विकल्पको रुपमा मुलघाटमा ला,स जलाउन डिजेलबाट चल्ने आधुनिक भट्टी तयार पारिएको हो ।

डिजेल प्लान्टमा एउटा लास जलाउन अधिकतम ६ हजार रुपैयाँ तिर्नु पर्नेछ । मुलघाटमा बिगत ४० बर्ष देखि बिश्रान्ति मन्दिर ब्यबस्थापन समितिले दा,हसंस्कारका लागि काठदाउराको बन्दोबस्त मिलाउँदै आएको छ ।


