गुराँस डाँडाका गाउँलेहरुले बस कर्मचारीलाई गरे सम्मान

यातायात सहजता संगै जनताहरु लाभान्वित–मेयर नेपाल

धनकुटा खबर । महालक्ष्मी नगरपालिका वठा नं. ९ मा पहिलो पटक आफ्ना गाउँमा बस पु¥याउने चालकलाई गाउँलेहरुले सम्मान गरेका छन् ।

धरानबाट सिंधुवा,गणेशटार,जितपुर,मारेक हुंदै चल्ने को १ ख ४५३१ का बस चलक नगेन्द्र बिक र कर्मचारी पर्शुराम भट्टराईलाई सम्मान गरिएको हो ।

दुबै कर्मचारीहरुलाई वडा न. ९ का वडा अध्यक्ष बोधनाथ काफ्ले र वडाबासीहरुले गुराँस डाँडा गाउँमा सम्मान गरेका हुन् । उनीहरुलाई अध्यक्ष तथा गाउँलेहरुले अबिर र खादा ओढाएर सम्मान गरेका हुन् ।

यस अघि सिंधुवा हुंदै गणेशटार,मूर्तिढुंगा हुंदै जितपुर बजार सम्म यातायात सन्चालनमा रहेपनि उक्त वडाको गणेशटारबाट बजगाउँ सम्मको बाटो उपयुक्त नहुंदा यात्रुबाहक बस चल्न सकेको थिएन ।

गत आर्थिक बर्ष ०७६/०७७ मा भौतिक पूर्वाधार मन्त्रालयको ५० लाख र प्रदेश सरकारको १५ लाख गरी कुल ६५ लाख लागतमा सडकको स्तर उन्नती तथा सुधार गरिएपछि गाउँमा बस चल्न सम्भव भएको हो ।

प्रारम्भमा पूर्व सभासद् उर्मिला बिकबाट ५० हजारबाट शुरु गरिएको उक्त बाटोका लागि क्रमश नगरपालिका र वडाले १ लाख ४० हजार र निगाले सिमेन्ट कारखानाले बाटो निर्माणमा सहयोग गरेको थियो ।

उक्त बाटोमा गत बर्ष प्रदेश र केन्द्रको लगानीपछि बाटो बस चलाउन सकिएको सिंधुवा,जितपुर लेगुवा सडक उपभोक्ता समितिका पूर्व अध्यक्ष लोक नेपालले जानकारी दिनुभयो ।

मन्त्रालय र प्रदेशको लगानीमा ४ किमि र अन्य ३ किमि गरी ७ किमि बाटो सुधार गरेपछि आईतबारबाट गाउँमा बस सेवा सन्चालनमा आएको वडा अध्यक्ष काफ्लले जानकारी दिनुभयो ।

बस सन्चालनमा आएपछि नगरका वडा नं.७,८ र ९ का जनसमुदाय सहित वडा नं.९ का पिपल डाँडा,कोलचौर,तीनघरे गाउँबासीहरु प्रत्यक्ष लाभाम्बित हुने काफ्लेले जानकारी दिनुभयो ।

उक्त बाटो सन्चालनमा आएपछि सिंधुवाबाट नगरको सदरमुकाम जितपुर बजार सम्म छोटो दुरीबाट यात्रा गर्न सम्भव भएको नगरका मेयर पर्शुराम नेपालले जानकारी दिनुभयो ।

‘यस बाटोमा यातायात चल्ने भएपछि स्थानिय स्तरमा उत्पादन हुने कृषि उपजहरु बजार सम्म पु¥याउन महत्वपूर्ण सहयोग पुग्नेछ’– नेपालले धनकुटा खबरलाई जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।