धनकुटा जिल्लाबाट ६४ वटा घर निर्माणको लागी सिफारिस

धनकुटा खबर । धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको आज भएको बैठकले बर्षा कारण क्षती भएका ६४ वटा घर निर्माणका लागी सिफारिस गरेको छ ।

बर्षाका कारण हालै क्षती भै पूर्ण रुपमा घर क्षती भएकाहरुको निवेदनहरु माथी छानमिन गरी ६४ जनाको घर निर्माणका लागी सिफारिस गर्ने र एक जना मृतक परिवार लाई राहत दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जानकारी दिनु भयो ।

बैठकमा सो अवसर १ नम्वर प्रदेश सभाका सांसदहरु इन्द्रमणी पराजुली,निरन राई, लिला सुब्बा,जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान,धनकुटा नरपालिकाका उपप्रमुख सकुन्तला वस्नेत,महालक्ष्मी नरपालिकाका प्रमुख पर्शुराम नेपाल, पाख्रिवास नगरपालिकाका उपप्रमुख देवकला तिम्सिना,सहिदभूमी गाउपालिकाका उपाध्यक्ष रत्नेश्वरी राई,छथरजारेपाटी गाउपालिका अध्यक्ष शेर वहादुर लिम्बुले बिपतमा परेकाहरुलाई तत्काल राहत उपलब्ध गराउनु पर्नेमा जोड दिनु भएको थियो ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, जिल्ला समन्य अधिकारी राम नारायण श्रेष्ठ,धनकुटा जिल्ला विपत व्यवस्थापन समितिका सदस्यहरु धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, वरख गण सल्लेरी ब्यारेकका गणपती कर्णेल भगवान थापा,जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी गोविन्द्र अधिकारी ,राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख तुलसी कटेल,नेकपाका नरेन्द्र पोखरेल,नेपाली कांग्रेसका दिनेश राई लगायत उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।