धनकुटाको थलथलेमा लैगिंकहिसा बढ्नुको कारण र न्यूनिकरण विषयक छलफल
धनकुटा खबर । शहिदभूमी गाउँपालिकाको वडा नं ६ वडाकार्यलय थलथलेमा मंगलबार लैगिंकहिसाविरुद्धको १६ दिने अभियानको अवसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष हेम कुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बालबालिका, विद्यार्थी , विभिन्न महिला समुहका प्रतिनिधिहरु र वडाका जनप्रतिनिधिहरुको सहभागिता थियो । उक्त छलफल तथा अन्तरक्रियमा महिलाहिंसा कस्ता हुन्छन्, महिलाहिंसा बढ्नुको कारणहरु र कसरि न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको आयोजकले जनाएको छ ।

साथै महिला अधिकार कर्मि हिमा चेम्जोङ र सुक्रि राइले अन्तक्रियाको सहजिकरण गरेका थिए । कार्यक्रममा गाउपालिका अध्यक्ष मनोज राई, रोजगार संयोजक सिता पौडेल, न्यायिक समितिका सदस्य चन्द्र विष्ट लगाएतले शुभकामना मन्तव्य राखेका थिए । गाँउपालिकाको महिला विकास साखाका प्रकृति राइले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।


