लैंगिक हिं’सा सम्वन्धि सचेतना कार्यक्रम सञ्चालन
धनकुटा खबर । लैंगिक हिंसाको वारेमा विद्यार्थीहरुलाई जानकारी गराउने लक्षका साथ आज धनकुटाको गोकुण्डेश्वर वालमन्दिर विद्यालयमा लैंगिक हिंसा सम्वन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

अन्तर पार्टी महिला सञ्जाल धनकुटा र पारालिगल धनकुटाको संयुक्त आयोजनामा सञ्चालित सचेतना कार्यक्रममा सो विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई लैंगिक हिंसाको वारेमा जानकारी गराईएको अन्तर पार्टी महिला सञ्जाल धनकुटाका अध्यक्ष पार्वती राईले जानकारी दिनुभयो ।
लैंगिक हिंसाको विषयमा पछिल्लो पुस्ताका युवायुवतीहरुलाई समेत जानकारी गराउन आवश्यक रहेको कारण विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । कार्यक्रममा स्वागत मन्तव्य पारालिगल धनकुटाका अध्यक्ष कोपिला शंकरले राख्नुभएको थियो । भने सहजिकरण अन्तर पार्टि महिला सञ्जालका सचिब सुमना तिम्सिनाले गर्नु भएको थियो । सञ्चालन पारालिगलका सचिब अनुजा पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक जीवन श्रेष्ठ, शिक्षक हरि दाहाल, टिकाराम वाग्ले सहित करिव ८० विद्यार्थीको उपस्थिती थियो । कार्यक्रममा सहभागी शिक्षक विद्यार्थीहरुले यस्ता कार्यक्रमहरु राखेर लैंगिक हिंसाको विषयमा जानकारी गराउनु अत्यन्त राम्रो भएको वताएका थिए । कार्यक्रम अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती राईको अध्यक्षतामा भएको थियो ।


