समुदायको परम्परागत ज्ञानलाई बचाउन मौलिकताको अभियान ः मेयर माबुहाङ

तेह«थुम ÷ समुदायको परम्परागत ज्ञानलाई संरक्षण गर्न याक्थुङ (लिम्बु) जातिमा मौलिकताको अभियान तीव्र भएको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाब माबुहाङले बताएका छन् । मौलिक पहिचानसँगै पुख्र्यौली ज्ञान, अनुभव र सीपलाई संरक्षण गर्न साँस्कृतिक पुनःजागरणको अभियान सुरु भएको उनले बताएका हुन् ।

तेह«थुमको म्याङलुङमा युमा साम्यो महसभाले आयोजना गरेको याक्थुङ मौलिक धर्म तथा संस्कार संस्कृति विषयक अन्तरक्रियामा बोल्दै मेयर माबुहाङले धर्म परिवर्तन र रुपान्तरणले समुदायको पहिचानसँगै ज्ञान सङ्कटमा परेको आरोप लगाए । ‘इतिहासमा पहिलो साँस्कृतिक आक्रमण बौद्ध भिक्षुहरूबाट भयो । त्यसपछि हिन्दूहरूबाट । अहिले इसाई र सत्तेहाङ्माकरणले थप सङ्कट निम्तेको छ,’ मुन्धुमविद् समेत रहेका माबुहाङले भने, ‘याक्थुङ लिम्बुहरूको संस्कार सँस्कृतिलाई त्यागेर जानेबाट नै सबैभन्दा धेरै द्विविधा उत्पन्न भएको छ ।’ उनले युमा साम्योको अभियानले जातीय साँस्कृतिक पहिचानमा लाग्नेहरूलाई प्रेरणा दिएको बताए । दर्जन बढी पुस्तकका लेखक समेत रहेका उनले सत्यहाङ्मापन्थीको मुन्धुमले लिपि संरक्षणमा भूमिका खेले पनि समुदायको माटो र परम्परासँगको सम्बन्धबाट विच्छेद गरेको भन्दै आलोचना गरे । ‘पेगिफाङ्साम(फेदाङ्मा, साम्वा, येवा, येमा)को मुन्धुमले परम्परागत ज्ञान राख्थ्यो । सत्यहाङ्माको मुन्धुमले दैलो, चुलो, मूल खाँबो, सिकुवा हुँदै जीव पर्यायवरणसँग टाढा राख्ने काम ग¥यो । जल, जमिन र जङ्गलको सम्बन्धबाट विच्छेद गरायो,’ उनले भने । समुदायमा चलिरहेको धार्मिक बहसमा उल्खेख हुने भोगवलीको कुरा तपसिल भएको भन्दै इष्टदेव युमा सेगेफुङ(पूmल) अर्पण गर्दा मात्रै पनि खुशी हुने धारणा राखे ।

त्यस्तै, संस्कृतिविद् एवम् महासभाका केन्द्रीय सदस्य आइत खजुमले संसारमा शुद्ध धर्म र जातीय धर्म गरेर दुई किसिमका धर्महरू प्रचलनमा रहेकोले पनि युमा धर्म उल्लेख गर्दा कोही अचम्मित हुनु नपर्ने बताए । उनले जन्मदेखि मृत्युसम्मका मौलिक संस्कार सँस्कृति संरक्षण गर्न युमा धर्मको अभियान चलेको प्रष्ट्याए । ‘हामी याक्थुङ्बा गोलो चीज भयौँ । उकालोमा ठेल्न पनि सजिलो । ओरालो र तेर्सोमा धकेल्न पनि सजिलो,’ धर्मको मामिलामा भएको अल्मलप्रति व्यङ्ग्य गर्दै भने, ‘राज्यसत्तताले भन्दा हिन्दू लेख्यौँ । पछि यसो होला भनेर किरात पनि लेख्यौँ । अब चिन्तन र अध्ययन बढाएर मात्रै हाम्रो चिन्ताको विषय समाधान हुनेछ ।’

तीन दर्जन बढी अभियन्ताहरूको सहभागिता रहेको कार्यक्रमले जिल्लामा सङ्गठन विस्तार समेत गरेको छ । भेलाले लाल कुमार पयाङ्गुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति निर्माण गरेको छ । समितिको सचिवमा टीका खवाहाङ र सदस्यहरूमा बम बहादुर कुरुम्वाङ, डम्बर पयाङ्गु, महेन्द्र मादेन, शुद्धराज लिम्बु, राम बहादुर खापुङ, विकास सेनेहाङ, रेवत पारघरी र अमर माबुहाङ रहेका छन् । महासभाले तेह्रथुमको आठराई, फेदाप र छथर क्षेत्रमा सङ्गठन विस्तार गरेर आगामी राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउने अभियान तीव्र पार्ने अध्यक्ष लाल कुमार पयाङ्गुले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।