धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ५ का सर्वसाधरणलाई अब भारी बोकेर बजार धाउनु पर्ने समस्याको अन्त्य

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ५ का सर्वसाधरणलाई अब भारी बोकेर बजार धाउनु पर्ने समस्याको अन्त्य भएको छ ।

यो गाउँपालिकाको पिप्ले देखी सन्देश मोड जिसु हुँदै खोकुटार सम्म चारपांग्रे सवारी साधन चल्न थालेपछि स्थानियलाई सहज भएको हो ।

यस अघि आफुले उत्पादन गरेको विभिन्न फलफुल तथा अन्य सामाग्री वजार सम्म ल्याउन र आफु्लाई आवश्यक पर्ने सामाग्री नाम्लो र डोको को भरमा पिठ्यूमा वोकेर घर सम्म लानु पर्ने वाध्यता रहेकोमा हालै मात्र पिप्ले देखी खोकुटार सम्म चारपांग्रे सवारी साधन चल्न थालेपछि यो वाध्यताको अन्त्य भएको ५ नं वडाका स्थानिय शिक्षक होम राईको भनाई छ । २०६० सालमै त्यहाँ बाटो वनिएको भएपनि राम्रो मर्मत संहार नहुँदा सवारी साधन चल्न सकेको थिएन तर अहिले संघिय सरकार मार्फत प्राप्त ६ करोड लगानीमा बाटोको मर्मत,ग्रभेल गर्ने,ग्याभिङ भर्ने र कटिङ गर्ने काम गरिए सँगै आफुहरुले उत्पादन गरेको चिज वजार सम्म लान सजिलो भएको स्थानिय जस वहादुर राईले वताउनुभयो ।

उहाँले यो बाटोको संरक्षणमा स्थानियले नै ध्यान दिनु पर्ने पनि वताउनुभयो । ५ नं वडा क्षेत्रका स्थानियले सुन्तला, अदुवा, टमाटर, आपा, लिचि, भुँईकटहर लगायतका फलफुलहरु उत्पादन गर्ने गरेकाछन् । यो बाटोको हालै मात्र न्याय प्रशासन तथा विधायन समिति सभापति पराजुली र गाउँपालिका अध्यक्ष मनोज राई,पाध्यक्ष रत्नेश्वरी राई, नेकपा धनकुटाका सचिवालय सदस्य सावित्रा राई लगायतले अनुगमन गरेका थिए ।

हाल ४ करोड लागतमा सन्देश मोड देखी लामेवगर सम्मको वाटो ग्राभेल भईरहेको छ । यो सडक आर्थिक वर्ष २०७६/७७ को पजेट मार्फत मर्मत गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।