संगठन विस्तार लाई व्यापक रुपमा सञ्चालन गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाउने निर्णय
धनकुटा । नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न भेलाले जिल्लामा संगठन विस्तार लाई व्यापक रुपमा सञ्चालन गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाउने निर्णय गरेको छ ।
भेलामा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सदस्य मनोहर नारायण श्रेष्ठले लोकतन्त्र अहिले खतरामा पर्दै गएकाले कांग्रेसले लोकतन्त्रको संक्षण गर्न लाग्नु पर्नेमा जोड दिनु भयो ।
पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्वर १ का सदस्य सांसद लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई,केन्द्रि नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य राम जी कोङरेन, महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,नेपाली कांग्रेस धनकुटाका नगर सभापति रोशन श्रेष्ठ,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र सुब्बा,नगर अध्यक्ष राम वहादुर श्रेष्ठ लगायतले लोकतन्त्रको लागि कांग्रेस बलियो हुनु पर्नेमा जोड दिएका थिए ।
भेलाले पार्टी प्रवेश कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आमनित्रत केन्द्रि सदस्य मनोहर नारायण श्रेष्ठ संयोजक र सदस्यहरुमा जिल्ला सचिव विजय सन्तोषी राई र कोषाध्यक्ष दिनेश राई सदस्य रहनु भएको समिति बनाई समन्वय गर्न जिम्मेवारी दिने निर्णय गरेको छ । भोलि मंसिर २७ गते धनकुटा नगरपालिकामा, मंसिर २८ गते पाख्रिवास र छथरजोरपाटीमा नवप्रवेशीलाई स्वागत तथा बधाई कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
मंसिर २९ गते धनकुटा जिल्ला सदरमुकाममा हुने विरोध प्रर्दशनलाई व्यापक र प्रभावकारी बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय समेत भएको नेपाली कांग्रेस जिल्ला समिति धनकुटाले जनाएको छ।


