विशेष क्षमता भएका बालबालिकालाई स्वेटर र टोपी वितरण
धनकुटा । मर्गेश्वरी आधारभूत विद्यालय धनकुटाका विशेष क्षमता भएका बालबालिकालाई आज स्वेटर र टोपी वितरण गरिएको छ ।

अघिल्लो वर्षको तिहारमा सञ्चालन गरिको देउसी भैलो कार्यक्रमबाट संकलित रकम मार्फत त्यस विद्यालयका २७ जना फरक क्षामताका वालवालिकाहरुलाई स्वेटर र टोपी वितरण गरिएको हो ।
युवा क्लब धनकुटा ४, र समृद्धि वडा स्तरिय बाल सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रमममा धनकुटा नगरपालिका ४ का वडाध्यक्ष जमशेर छाराको उपस्थितीमा वालवालिकाहरुलाई ती सामाग्री वितरण गरिएको थियो ।


