प्राकृतिक स्रोतको दिगो विकास र उपयोगको तालमेहुनु आवश्यक – टंक चौहान

धनकुटा खबर । प्राकृतिक श्रोतद्धन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा भएको जिल्ला स्तरिय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमा वक्ताहरुले खासगरी सरकारी जग्गा अतिक्रमण गर्ने र प्राकृतिक स्रोत उपभोग तथा प्रयोगमा देखिने समस्यालाई निराकरण गर्नु आजको आवश्यता रहेको भनाई राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका संयोजक टंक चौहानले प्राकृतिक स्रोतको दिगो विकास र उपयोगको तालमेहुनु आवश्यक रहेको बताउँनु भयो । कार्यक्रको उदेश्यमाथी एनआरसिटीका प्रमुख हिमबहादुर डिसीले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमा धनकुटा नगपालिकाकी उपप्रमुख सकुन्तला बस्नेत, नेपाल बार एसोसियसनका आनन्दसन्तोषी राई, आदिवासी जनजाती महासंघ धनकुटाका संजयसन्तोषी राई लगायतको उपस्थिती रहेको थियो ।

एनआरसिटीका प्रमुख हिमबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्राकृतिक श्रोतद्धन्द्धका सहजकर्ता मेघराज खड्काले गर्नु भएको थियो भने कार्यक्रको संचालन सहजकर्ता भोजबहादुर विकले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।