नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य श्रेष्ठको निधनमा कांग्रेस धनकुटाले जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरी शोक पुस्तिका राख्यो
मंशिर २७,धनकुटा । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य श्यामलाल श्रेष्ठको असमायिक निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरी शोक पुस्तिका राखेको छ ।

पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न श्रद्धाञ्जली तथा शोक पुस्तिका राख्ने कार्यक्रममा पार्टीका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सांसद लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई, नेपाली कांग्रेस निति तथा प्रतिष्ठान प्रतिष्ठानका सदस्य राम जी कोङरेन,उपसभापति नविन किशोर शाक्य,सचिव द्धय विजय सन्तोषी राई,रविन्द्र नेपाली,कोषाध्यक्ष दिनेश राई लगायतले प्रजातन्त्रका सेनानी पूर्व केन्द्रिय सदस्य स्व. श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाको योगदानको वारेमा चर्चा गरेका थिए ।
स्व. श्रेष्ठको सम्मानमा शोक व्यक्त गर्न जिल्ला पार्टी कार्यालयमा स्थापना गरिएको शोक पुस्तिका १३ औ पुण्य तिथिको दिन सम्म रहने जिल्ला सचिव राईले जानकारी दिनुभयो ।


