सगरमाथा राष्ट्रिय निकुञ्जको राजश्व सङ्कलनमा ह्रास

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए ।

गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट रु चार करोड २८ लाख ९८ हजार ५५३ र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट रु १५ लाख २४ हजार ६११ राजश्व सङ्कलन गरेको थियो । कार्यालयले चालू आवको सोही अवधिमा पर्यटक प्रवेश शुल्कबाट रु पाँच लाख १६ हजार ३५० र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३०६ रुपैयाँ २५ पैसा मात्रै सङ्कलन गरेको जनाएको छ ।

निकुञ्जको मुख्य आम्दानी नै सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकबाट लिने प्रवेश शुल्क र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्क हो । खुम्बु क्षेत्रका लागि वर्षमा दुईपटक चैत–जेठ र असोज–मङ्सिरलाई मुख्य पर्यटकीय मौसम मानिन्छ । यही मौसममा कोभिड– १९ को महामारी विश्वभरी फैलिएपछि नेपालमा पनि लकडाउनले पर्यटक आवागमन ठप्प बनाएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा भारीमात्रामा गिरावट आएको हो । उहाँका अनुसार विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार ५०० र एकपटक हेलिकप्टर अवतरण गरेबापत तीन हजार अवतरण शुल्क लिने गरेको छ ।

विसं २०३२ मा स्थापना भएको निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।

सन् १९७९ देखि निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएको थियो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।

यसैबीच राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार चालू आवको पहिलो चौमासिकमा ६८८ पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । कोरोना कहरका बीच चालू आवको साउन, भदौ, असोज र कात्तिक महिनामा १३३ विदेशी र ५५५ स्वदेशी पर्यटकले भ्रमण गरेको कार्यालयले जनाएको छ ।

गत साउन र भदौमा शून्य बनेको पर्यटन गतिविधि असोजमा १४६ स्वदेशी तथा २५ विदेशी नागरिकले भ्रमण गरेका थिए भने कात्तिकमा ४०९ स्वदेशी तथा १०८ विदेशी पर्यटकले भ्रमण गरेका थिए । गत आवको पहिलो चौमासिकमा १७ हजार ५६६ विदेशी र ४८८ स्वदेशी गरी १८ हजार ५४ पर्यटकले निकुञ्जको भ्रमण गरेको कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।