शहिदभूमि गाउँपालिका ७ साप्तिङटार सिद्धदेवी माविलाई ६ लाख ५० हजार रकम वरावरको कम्प्यूटर वितरण
धनकुटा खबर । विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा लिन सहज होस् भन्ने लक्षका साथ धनकुटाको शहिदभूमि गाउँपालिका ७ साप्तिङटार स्थितको सिद्धदेवी माविलाई आज एक कार्यक्रमको वीच कम्प्यूटर वितरण गरिएको छ ।
गाउँपालिकाको सर्शत अनुदान अन्र्तगतको ६ लाख ५० हजार रकम वरावरको डेक्सटप सहितको ६ वटा कम्प्युटर, ल्यापटप, डिस्प्ले वोर्ड, प्रिन्टर, प्रोजेक्टर लगायतका सामाग्री वितरण गरिएको गाउँपालिका प्रमुख मनोज राईले जानकारी दिनुभयो ।

यसले विद्यार्थीहरुलाई सूचना,सञ्चार तथा प्रविधि सँग नजिक गराउदै प्रविधिमैत्री शिक्षा प्राप्तिमा सहयोग पुग्ने गाउँपालिका प्रमुख राईले वताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल वहादुर राईको सभापतित्वमा सञ्चालित कार्यक्रममा ७ नं वडाध्यक्ष वम वहादुर राई,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्य,शिक्षाशाखा प्रमुख उमेश राई लगायत विद्यालयका शिक्षकहरुको उपस्थिती थियो ।


