नेकपा धनकुटाद्वारा समवेदना प्रकट

धनकुटा खबर । नेकपा जिल्ला कमिटी धनकुटाले श्रीमती शोकमा परेका धनकुटा ताँखुवाका आफ्ना एक संगठित सदस्यको घरमा पुगेर समवेदना प्रकट गरेको छ ।

छथर जोरपाटी गाउँपालिका वडा नं. ३ का संगठित सदस्य तथा समाजसेवी राजकुमार पारघरी(लिम्बू)की श्रीमती जयकुमारी लिम्बूको मंसिर १२ गते ७१ बर्षको उमेरमा निधन भएको थियो ।

पारघरीको निवासमा पुगेर संघिय सांसद तथा नेकपा जिल्ला अध्यक्ष राजेन्द्रकुमार राईले स्व.लिम्बूकी पति तथा परिवारलाई समवेदना–पत्र दिनुभएको हो । समवेदना प्रकट गर्न नेकपा स्थानिय बिभाग पाटी संयोजक शिव आङ्ला(लिम्बूं),नेकपा छथर जोपाटी गाउँपालिका ईन्चार्ज बिष्णु पारघरी, अध्यक्ष ईन्द्रसारु मगर लगाएत स्थानिय पाटी कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

समवेदना कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर दिम्बू,उपाध्यक्ष भीमकला श्रेष्ठ,वडा नं. ३ का अध्यक्ष ज्ञान बहादुर लिम्बू लगाएतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।