ओली सरकार विरुद्ध धनकुटामा ऐतिहासिक प्रदर्शन,सयै नेपाली कांग्रेसमा प्रवेश

धनकुटा,२९ मंसिर । ओली सरकारको विरुद्धमा धनकुटामा नेपाली कांग्रेस धनकुटाले आज ऐतिहासिक रुपमा प्रर्दशन गरेको छ । भने आजै धनकुटामा नेपाली कांग्रेसमा सयौ नेता तथा कार्यकर्ताहरु प्रवेश समेत गरेका छन ।

हजरौको संख्यामा नेपाली कांग्रेस धनकुटा जिल्ला पार्टी कार्यालयबाट निस्किएको ऐतिहासिक विरोध ¥यालीले ओली सरकार विरुद्ध चर्को नारा लगाउदै धनकुटा बजारको परिक्रममा गरी धनकुटा बसपार्कमा पुगी सभामा परिणनत भई समापन भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले ओली सकार सत्ता संचालन गर्न पूर्ण रुपमा असफल भै सकेकोको आरोप लगाउदै अव लोकतन्त्रको रक्षाका लागी कांग्रेस अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले ओली सरकारलको ज्याजदी बढ्दै गएकाले आन्दोलनबाटै ओली सरकारलाई हटाउनु पर्नेमा जोड दिनु भयो । भने १ नम्वर प्रदेशका निर्वतमान प्रदेश प्रमुख प्रध्यापक डा. गोविन्द सुब्बाले लोकतन्त्रका लागी लोकतान्त्रिक शक्ति एक हुनु पर्नेमा जोड दिनु भयो ।

प्रदेश सांसद लिला सुब्बाले महिला हिंसा दिन प्रतिदिन बढ्दै गएकाले महिलाहरुको सुरक्षका लागी पनि नेपाली कांग्रेस अव जागरण अभियान संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षमा सम्पन्न भएको विरोध सभामा उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राईले समेत सवैलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै परिवर्तनका लागी कांग्रेस एक ढिक्का भएर सक्रियका साथ गाउ गाउबाट अभियान संलान गर्ने वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाले आजै पार्टी कार्यालयमा आयोजना गरेको पार्टी प्रवेश तथा सहमहामन्त्री सुनिल वहादुर थापाको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा राप्रपाका जिल्ला सदस्यहरु मिन कार्की,यज्ञ कार्की,महेन्द्र निरौला,बुद्धीकान्त घिमिरे,पदम गुरुङ्ग,अशित नर ंिसह थापा,पर्शु कार्की,योगेन्द्र कटुवाल,तेज वहादुर विष्ट ,राजकुमार राई,लगायत २ सय २१ जना राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको भियो भने नेकपाका दुर्गा शिवा,गोमा परियार लगायत ६ जना नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको जिल्ला पार्टी सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय नेताहरुका साथमा ,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायाण श्रेष्ठ, प्रदेश सांसद लिला सुब्बा नेपाली कांग्रेस आदीवासी जनजाती समन्वय समितिका केन्द्रिय सदस्य आनन्द सन्तोषी राई,निति अनुसन्धान,प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य राम जि कोङरेन,जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य सुमना तिम्सिना,नगर सभापति रोशन श्रेष्ठ र नव प्रवेशीहरुको तर्फबाट यूवा नेता मदन घिमिरेले मन्तव्य व्यक्त गर्दै अव मुलुकको समस्या समाधान गर्न कांग्रेसले मात्र सक्ने वताउनु भयो ।

नेपाली कांग्रेसका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षमा सम्पन्न भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रम प्रवेश कार्यक्रममा सहमहामन्त्री सुनिल वहादुर थापा र नवप्रवेशीहरुलाई फूलमाला तथा अविर तथा टिका लगाई दिई स्वागत नेपाली काग्रेस धनकुटाका सहसचिव सिता श्रेष्ठ,क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला,नगर सचिव रेणु श्रेष्ठ,सदस्य मन्दिरा भट्टराई,हिरादेवी राई लगायतले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।