सदरमुकाममा प्रर्दशन गरेको कार्यक्रम भव्य रुपमा सवैको सहयोगबाट सफल भएको
धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्ला सदरमुकाममा प्रर्दशन गरेको कार्यक्रम भव्य रुपमा सवैको सहयोगबाट सफल भएको आज धनकुटामा आयोजित समिक्षा कार्यक्रम तथा बैठकमा निर्णय भएको छ ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुनेहरुलाई धन्यवाद दिदै अव गाउ गाउमा ओली सरकार विरुद्ध आन्दोलन गर्नु पर्नेमा जोड दिनु भयो ।
प्रदेश सभाका सांसद लिला सुब्बाले आन्दोलन र अभियानमा महिला सहभागीतालाई पनि विशेष जोड दिनु पर्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षमा भएको समिक्षा कार्यक्रममा उपसभापति नविन किशोर शाक्य,सविच विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नगर सभापति रोशन श्रेष्ठ,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र सुब्बा,नेपाल महिला संघ धनकुटार्की उपाध्यक्ष अम्विका धमलाले कार्यक्रममा भएको प्रगती वितरण प्रस्तुत गर्नु भएको थियो ।
समिक्षा कार्यक्रममा महासमिति सदस्य आनन्द सन्तोषी राई, सहसचिव सिता श्रेष्ठ,पूर्व कोषाध्यक्ष विकाश प्रधान,जिल्ला सदस्यहरु विष्णु पौडेल,घनेन्द्र सुब्बा, निर्मल ओझा,खेम पौडेल, परेन्द्रलाल श्रेष्ठ,गोविन्द्र वाग्ले,सुमना तिम्सिना,क्षेत्रिय कोषाध्यक्ष निरुपा राई, नगर सदस्य केदार श्रेष्ठ छथरजोरपाटी गाउपालिकाका सभापति छत्र सुब्बा,धिरेन्द्र मिश्र,जानुका सुन्दास लगायत आ आफ्नो धारणा राखेका थिए ।
समिक्षा बैठकले धनकुटामा ओली सरकार विरुद्ध ऐतिहासिक रुपमा भव्य ढंगले सफलता पूर्वक प्रर्दशन गर्न सहयोग गर्नु हुने र सहभागी हुनु हुने सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिने निर्णय गर्दै आगामी दिन समेत निरन्तर सहयोगको लागी अनुरोध गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।


