धनकुटा जिल्ला विपद व्यवस्थापन समितिद्वारा हिमपात तथा चिसो पिडितहरुलाई सहयोग
धनकुटा खबर । धनकुटा जिल्लाका हिमपात तथा चिसो पिडिहरुलाई धनकुटा जिल्ला विपत व्यवस्थापन समितिले सहयोग गर्ने आज निर्णय गरेको छ ।

धनकुटा जिल्लामा चिसो बढ्दै गएकाले हिमपात तथा चिसो कारण अव बन्ने सक्ने पिडिहरुलाई विभिन्न किसिमका राहत सहयोग गर्ने लगायतका विभिन्न निर्णयहरु गर्दै आज धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
धनकुटा जिल्लाका प्रमख जिल्ला अधिकारी तथा जिल्ला विपत व्यवस्थापन समितिका संयोजक केशव प्रसाद विमलीको अध्यक्षमा सम्पन्न भएको बैठकले हिमपात तथा चिसो पिडितहरुलाई विभिन्न किसिमका सहयोग गर्नका लागी प्रतिकारात्मक योजना बनाई सहयोग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुब्बा रत्न दर्मालीले वताउनु भयो ।
हिमपात तथा चिसोका कारण पिडित हुनुहरुको लगत संकलन सम्वन्धित पालिकाहरुले गरी सिफारिस गर्ने र त्यसका आधारमा लत्ता कपडा,दाउरा लगायतका भिविन्न राहत सामाग्रीहरु सहयोग गर्ने निर्णय भएको धनकुटा जिल्ला विपत व्यस्थापन समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान महालक्ष्मी नरपालिकाका उपप्रमुख मञ्जु कार्की, ,पाख्रिवास नगरपालिकाका उपप्रमुख देवकला तिम्सिना,सहिदभूमी गाउपालिकाका अध्यक्ष मनोज राई,छथरजारेपाटी गाउपालिका अध्यक्ष शेर वहादुर लिम्बु, चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई लगायतले दिन प्रतिदन चिसो बढ्दै गएकाले अत्यधिक चिसो र हिमपातका कारण बन्ने पिडिहरुलाई सहयोग गर्ने वताउनु भयो ।
सो अवसरमा जिल्ला समन्य अधिकारी राम नारायण श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, वरख गण सल्लेरी ब्यारेकका गणपती कर्णेल भगवान थापा,जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी गोविन्द्र अधिकारी ,राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख तुलसी कटेल, नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, जनता समादवाी पार्टीका उपाध्यक्ष पार्वती राई,साममुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निल थापा,गैसस महासंघ धनकुटाका अध्यक्ष मिनप्रसाद सुवेही लगायत हिमपात तथा जाडो बाट बन्ने सक्ने पिडिहरुलाई आ आफ्नो क्षेत्रबा सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकमाले अहिले सम्म कोरोना भाईरसले पारेका प्रभावको वारेमा प्रस्तुत गर्दै पिसिआर परिक्षण निशुल्क धनकुटामानै शुरु भएको जानकारी दिनु भयो ।


