नदी नियन्त्रण आयोजनाका प्रमुखविरुद्ध भ्र,ष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा बदमासी गरी भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ग्याबिन तारमा प्रयोग गरिएको तारको गुणस्तर परीक्षण गरी प्रयोग गर्नुपर्नेमा परीक्षण नै नगरी बिल र कार्यसम्पादन प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिश गरेको पाइएको छ । निर्माण व्यवसायी थोढुङ्ग अजम्बर शिवराम जेभी नयाँ बानेश्वर काठमाडौँमा भएको गुणस्तरहीन कागजात तयार पारी रु ९६ लाख ६४ हजार २९६ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

ग्याबिन तारलाई गुणस्तरयुक्त भनी बिलमा दस्तखत गरी भुक्तानी लिने निर्माण व्यवसायी थोदुङग, अजम्बर, शिवराम जेभीका निर्देशक डबाङ क्षोदेन शेर्पा, जेभीका सञ्चालक बैकुण्ठप्रसाद भण्डारी, अर्का सञ्चालक शिवजी श्रेष्ठविरुद्ध पनि समान बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।