कांग्रेस धनकुटाले जिल्लामा पौष पहिलो साता देखी क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय

धनकुटा खबर । नेपाली कांग्रेस धनकुटाले जिल्लामा पौष पहिलो साता देखी क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

पार्टीको आज सम्पन्न जिल्ला समिति वैठकले संगठन विस्तार तथा सुद्धृढीकरण गर्दै पौष पहिलो हप्ता देखी क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको हो ।

पार्टीका जिल्ला समिति सभापति अग्नी प्रसाद पौडेलेको अध्यक्षतमा सम्पन्न बैठक तथा भेलाले पौष ५ गते देखी पौष १४ गते सम्म क्रियाशिल सदस्यतको फारम वितरण र पौष मसान्त सम्म सदस्यता वितरण गरी फारम भरी जिल्ला समितिमा वडा,पालिका तथा क्षेत्रिय समितिले बुझाउने निर्णय गरेको हो ।

पौष ५ गते धनकुटा नगरपालिका,पौष ८ गते सागुरीगढी गाउपालिकामा,पौष ९ र १० गते सहिदभूमी गाउपालिकामा,पौष ११ गते चौविसे गाउपालिकामा,पौष १२ गते महालक्ष्मी नगरपालिकामा,पौष १३ गते छथरजोरपाटी गाउपालिकामा र पौष १४ गते पाख्रीवास नगरपालिकामा क्रियाशिल सदस्यताको फारम वितरण गरी पौष समान्त सम्म सदस्यहरुले क्रियाशिल सदस्यताको फारम फरी मातहतका समितिलेहरुले जिल्ला समितिमा बुझाई सक्नु पर्ने निर्णय भएको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

बैठकमा नेपाली पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापा,केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,प्रदेश सभा सांसद लिला सुब्बा,महासमिति सदस्य आनन्द सन्तोषी राई,घनेन्द्रराज श्रेष्ठ,उसभापति नविन किशोर शाक्य जिल्ला सदसहरु कमोठ फागो,निर्मल ओझा,विष्णु पौडेल,सुमना तिम्सिना,हर्कमान चेम्जोङ,नेपालधन राई,क्षेत्रिय सभापतिहरु जितेन्द्र राई,इन्दिरा थापा,धनकुटा नगरसभापति रोशन श्रेष्ठ लगायतले आ आफनो धारणा राखेका थिए । वैठकमा जिल्ला सचिव राईले प्रगती प्रतिवेदन र कोषाध्यक्ष दिनेश राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।