धनकुटा नगरपालिका ६ का ९२ वर्षिया वृद्ध सम्मानित
धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं.६ सिरान वजार घर भएका ९२ वर्षिया वृद्ध आज एक कार्यक्रमका विच धनकुटामा सम्मानित भएका छन् ।

धनपा–६ सिरान वजारका पुर्व लेखापढी व्यवसायी वर्ष ९२ का चन्द्रभगत श्रेष्ठ सम्मानित हुनुभएको हो । श्रेष्ठलाई नेपाल लेखापढी कानुन् व्यवसायी एशोसिएसन धनकुटाले एक औपचारिक समारोहका वीच सम्मान गरेको हो । उहाँले जिल्ला मालपोत कार्यालय धनकुटामा करिव ६० वर्ष भन्दा पनि वढी लेखापढी व्यावसाय गर्नुभएको थियो । उहाँले लेखापढी व्यवसाय छोडेको २ वर्ष मात्र भएको छ ।
मालपोत कार्यालय धनकुटाका प्रमुख यादव प्रसाद आचार्यले उनलाई दोसल्ला, माला, खदा र सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभयोे । साथै उहाँलाई मायाको चिनो स्वरुप चयनपुरे करुवा प्रदान गरिएको थियो । वि.सं.२०१७ साल देखी लेखापढी व्यावसायमा संलग्न भएको सम्मानित भएका चन्द्रभगत श्रेष्ठले वताउनुभयो । उहाँले आफु लेखापढी व्यावसायमा आउनु भन्दा तत्कालिन शाहिसेनाको राशन ठेक्का काम गरेको अनुभव सुनाउनुभयो ।
आफु लेखापढी व्यवसायबाट सन्त्ष्ठ रहेको प्रतिक्रिया दिदै जो अहिले गरिहेका छन् उनीहरुलाई इमान्दार भएर लेखापढी गर्न अनुरोध गर्नुभयो । लेखापढीबाटै आफ्नो जनजिविका र परिवार चलेको भन्दै वृद्ध श्रेष्ठले सुन्तुष्टी जनाउनुभयोे ।
नापी कार्यालयका प्रमुख मिथिलेस यादव, उच्च अदालत वार एशोसिएशन धनकुटाका अध्यक्ष लाखमान राई, सचिव दिनेश पौडेल, वरिष्ठ अधिवक्ता डा.गोपालवहादुर भट्टराई, लेखापढी व्यवसायी रण वहादुर थापा, गोविन्द निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मानित श्रेष्ठलाई वधाई ज्ञापन गरेका थिए । सम्मान कार्यक्रम नेपाल लेखापढी कानुन् व्यवसायी एशोसिएशन धनकुटाका अध्यक्ष मानप्रकास खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।


