योजना कार्यन्वयन सम्बन्धि एक दिने अभिमुखीकरण तालिम
धनकुटा । आज धनकुटाको सहिदभूमि गााउपालिकाको २ नं वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यन्वयन सम्बन्धि एक दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सञ्चालन गर्न सहज होस् भन्ने लक्षका साथ गाउँपालिकाको ७ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई यो अभिमुखीकरण तायिलम दिन शूरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा आज सञ्चालित तालिममा विशेष अतिथि उपप्रमुख रत्नेश्वरी राई सहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य,२ नं वडाध्यक्ष रत्न वहादुर राई वडा सदस्यहरु लगायतको उपस्थिती थियो । वीहिवार १ नं वडामा यो तालिम सञ्चालन गरिएको थियो ।


