प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने

विराटनगर । प्रदेश नं. १ सरकारले नौ जिल्लाका १८ स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यान्वयनमा लैजान मन्त्रालयका पदाधिकारीलाई आज निर्देशन दिँदै पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रम प्रभावकारी बनाउन जोड दिए ।

कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक, इलामको सूर्योदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङलुङ र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबँेसीलाई छनौट गरेको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदीप गौतमले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग आज स्किम बैंक सञ्चालन तथा व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम गरेको छ ।

पूँजी÷अनुभव भएर पनि सम्भाव्यता अनुसारको स्कीम नभएका युवाहरुलाई अनुकूलका उद्यम गर्नका लागि स्किम दिने गरी कार्यक्रम शुरु गर्न लागिएको अधिकृत गौतमले जानकारी दिए । चालु आर्थिक वर्षमा सीपमूलक तालीम कार्यक्रम सञ्चालनका लागि रु १० करोड ५० लाख विनियोजन गरिएको छ ।

तालीम स्थानीय तहको मागबमोजिम सञ्चालन गरिने उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाको समन्वय गरी कार्यक्रम सञ्चालन गरिने शाखा अधिकृत गौतमले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।