महिलालाई निर्णायक तहमा सार्थक सहभागिता गराउनु पर्ने
धनकुटा । नेपाल महिला संघका केन्द्रिय महासचिव तथा राष्टिय सभाका पूर्व सदस्य धना खतिवडाले महिलाहरुलाई राज्यको निर्णायक तहमा सार्थक सहभागीता गराउनु पर्नेमा जोड दिनु भयो ।

उक्त कुरा नेपाल महिला संघका महासचिव धना खतिवडाले नेपाली कांग्रेस धनकुटाका पार्टी कार्यालयमा भेटघाटको क्रममा वताउनु हुर्दै नेपाली कांग्रेसको हरेक तहमा पनि महिलाहरुलाई सार्थक उपस्थिति गराउनु पर्ने वताउनु भयो । उहाहरुले पार्टी पूर्ण रुपमा एकता गरी संगठन विस्तरामा लाग्नु पर्नेमा समेत जोड दिनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, प्रदेश सभा सदस्य सांसद तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बा, नेपाल महिला संघकी केन्द्रिय सदस्यहरु शोभा पालुङ्गा,अनु गुरुङ्ग,नेपाली काग्र्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,सचिव रविन्द्र नेपाली,महासमिति सदस्यहरु निता आर्चाय,सिता पौडेल,जिल्ला सदस्य खेमराज पौडेल,नगर सभापति रोशन श्रेष्ठ लगायतले समेत महिलाहरुलाई पार्टीको नेतृत्वमा सम्मान जनक सहभागीता गराए मात्र पार्टी बलियो हुने वताउनु भयो ।
नेपाल महिला संघको संगठन विस्तारका लागी पूर्वी नेपालको भ्रमणमा आउनु भएकी नेपाल महिला संघकी केन्द्रिय महासचिव तथा राष्टिय सभाका पूर्व सदस्य धना खतिवडासहितको टोलीलाई नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।


