नेफेजको ३५औं साधारण सभा सम्पन्न,विश्वकर्माको अध्यक्षतामा सर्वसम्मतबाट नयाँ कार्यसमिति

काठमाडौं, नेपाल वातावरण पत्रकार समूहको ३५ औं साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई बर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले कोभिड १९ महामारीका कारण भर्चुअल मिटिङ मार्फत साधारणसभा सम्पन्न गरेको हो ।

शुक्रबार सम्पन्न साधारण सभाले अध्यक्ष विश्वकर्मासहित उपाध्यक्षमा चन्द्रशेखर कार्की, महासचिवमा निमेष रेग्मी, सचिवमा प्रगती ढकाल, कोषाध्यक्षमा सविन शर्मालाई चयन गरेको हो । यसैगरी सदस्यमा महिला तर्फ सृष्टि काफ्ले र सुजाता कार्की, पुरुष तर्फ छेटु शेर्पा र रविन साय्मीलाई चयन गरेको छ भने विज्ञ सदस्यमा महिला तर्फ मधुदेवी घिमिरे र पुरुष तर्फ बटुकृष्ण उप्रेती चयन गरेको छ । यसैगरी लेखा समितिमा गोपाल तिवारीको संयोजकत्वमा सोमनाथ लामिछाने र रञ्जना पौडेल चयन गरिएको छ ।

यसैगरी समूहले यस बर्षको वातावरण पत्रकारीता पुरस्कार आयोमेलमा कार्यरत पत्रकार यम बमलाई प्रदान गरेको छ । समुहका नवनिर्वाचित अध्यक्ष विश्वकर्माले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । नयाँ कार्यसमितिमा विज्ञ महिला सदस्य घिमिरे र महिला सदस्य सृष्टि काफ्लेबाहेक अन्य पदाधिकारी तथा सदस्य अघिल्लो कार्य समितिमा पनि हुनुहुन्थ्यो ।

यसैगरी साधारणसभाले समुहका तत्कालित सदस्य मुराहरी शिवाकोटीलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।

साधारण सभामा गत एक वर्षमा भए÷गरेका कामकारबाही बारे महासचिव निमेष रेग्मी, आयव्याय विवरण कोषाध्यक्ष सविन शर्माले तथा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक गोपाल तिवारीले प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनहरु भर्चुअल सभामा छलफलपछि पारित गरिएको थियो । यसैगरी सचिवालयले ल्याएको अन्य प्रस्तावहरु पनि पारित भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖