धनकुटामा ४ महिनामा थपिए २५५ उद्योग !
धनकुटा खबर । धनकुटामा आर्थिक बर्ष २०७६÷७७ को तुलनामा आर्थिक बर्ष २०७७÷७८ को प्रथम चौमासिकम अबधीमा उद्योग दर्ता प्रतिशत करिब १ सय २८ प्रतिशतले बृद्धि भएको छ ।
आर्थिक बर्ष २०७६÷७७ प्रथम चौमासिकमा १ सय १२ वटा उद्योग दर्ता भएको मा यस आर्थिक बर्षको प्रमथ चौमासिकमा २ सय ५५ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका प्रमुख दिनेश ढुङ्गानाले जानकारी दिनु भयो ।
कोरोना भाइरसको कारण बैदेशिक रोजगारी गुमाएका र बैदेशिक रोजगारीमा जाने प्रकृया रोकिएका यूवाहरु व्यावसाय तिर आकर्षित भएकोले उद्योग दर्ता प्रतिशत बढेको अनुमान कार्यलयले गरेको छ ।


