शहिदभुमी गाउँपालिकाका गरिव तथा विपन्न वर्गका ४० घरपरिवारलाई सोलार सिस्टम वितरण गरिदै

धनकुटा खबर । चालु आर्थिक वर्षमा धनकुटाको शहिदभुमी गाउँपालिकाका गरिव तथा विपन्न वर्गका ४० घरपरिवारलाई सोलार सिस्टम वितरण गरिदैछ ।

वैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रम अन्र्तगत गाउँपालिकाका विद्युत महसुल वुझाउन नसक्ने उल्लेखित संख्याका घरपरिवारलाई सोलार सिस्टम वितरण गरिने गाउँपालिका अध्यक्ष मनोज राईले वताउनुभयो । जसअनुसार अहिले यो वर्षको कार्यक्रम अन्र्तगत ५ घरलाई सोलार वितरण गरिसकिएको ६ भने अव ३५ घरलाई दिन बाकी छ ।

उनिहरुलाई २० वाट क्षामताको ५ वटा वत्ति वाल्लन मिल्ने सोलार सिस्टम वितरण गरिने उहाँले वताउनुभयो । ४० घरपरिवारलाई मात्र सोलार वितरण गरिने लक्ष भएपनि यदि वडाबाट सिफारिस भएर आए ६७ घरलाई वितरण गर्न सकिने गाउँपालिका अध्यक्ष राईको भनाई छ । यसका लागि गाउँपालिका क्षेत्रका गरिव विपन्न वर्गका व्यक्ति स्वयम्ले पनि गाउँपालिकामा सम्पर्क गर्न सक्ने उहाँले वताउनुभयो ।

यसअघि गत आर्थिक वर्ष २०७६/७७ मा ३५ घरपरिवारलाई सोलार वितरण गरिएको थियो । गाउँपालिकामा प्राप्त सर्शत अनुदान ७ लाख र गाउँपालिकले सोही कार्यक्रमका लागि थप गरेको २ लाख वजेट मार्फत सोलार प्यानल खरिद, जडान सहित सुधारिएको चुलो र वायो ग्याँस समेत वितरण गरिने गाउँपालिकाका प्रशासकीय प्रमुख राजकुमार शाक्ले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।