सागुरीगढी गाउँपालिका महाभारतका सयौ यूवाहरु नेपाली कांग्रेसमा प्रवेश
धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका महाभारतका सयौ यूवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

महाभारतमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्व गाविस उपाध्यक्ष सहित सयौ युवाहरुलाई पार्टीका समहमान्त्री सुनिल वहादुर थापा,केन्द्रिय आमन्त्रीत सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,महासमिति सदस्य आनन्द सन्तोषी राई लगायतका नेताहरुले टिका अविर र माला लगाई नेपाली कांग्रेसमा प्रवेश गराएको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री थापाले नेपाली कांग्रेसले मात्र मुलुकलाई समृद्ध बनाउन सक्ने वताउनुभया । उहाँले अन्य सवैलाई नेपाली कांग्रेसमा प्रवेश गरि एकतावद्व हुन अपिल समेत गर्नु भयो ।
त्यस्तै पार्टीका जिल्ला सभापति प्रसाद पौडेल,उपसभापति नविन किशोर शाक्य,कोषाध्यक्ष दिनेश राई,यूवा नेताहरु कमोठ फागो लगायतले मुलकमा अहिले ठूलो समस्या भैरहेको भन्दै यो समस्याको समाधान गर्न कांग्रेसले मात्र गर्न सक्ने वताएका थिए ।
नेपाली कांग्रेस सागुरीगढी गाउपालिका ७ का सभापति विष्णु राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेपाल तरुण दल वडा नं. ८ का सभापति अविलास राईले राख्नुभईको थियो । कार्यक्रमको सञ्चालन वडा नं. ७ का सचिव देवेन्द्र राईले गर्नु भएको थियो । नव प्रवेशीहरुको तर्फबाट लाखध्वज राई र गजेन्द्र राईले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा साविक महभारत गाविस पूर्व उपाध्यक्ष लाखध्वज राई सहित यूवा नेताहरु राजु राई,भरत राई,कृष्ण कुमार रार्य,पुरुण रार्य,धन कुमार राई,मंगल राई राम कुमार राई,कविन राई, लगायत २ सय २८ जना नेपाली कांग्रेसमा प्रवेश गरेको जनाईएको छ । कार्यक्रममा युवा गायक राज कुमार राई लागतका कलाकारहरुले साङ्गितिक मनोरञ्जन गराएका थिए ।


