शिक्षकहित बचत तथा रिण सहकारी संस्था धनकुटाको ११ औं साधारण सभा सम्पन्न
धनकुटा खबर । शिक्षकहित बचत तथा रिण सहकारी संस्था धनकुटाको ११ औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले रामचन्द्र गुराँगाईको अध्यक्षतामा १९ सदस्यीय संचालक समिती उपसमिती तथा फोकल पर्सन र्निविरोध निर्वाचित भएको उप समिती सदस्य चक्रबहादुर पौडेलले जानकारी दिनु भयो ।
जिल्लाका ७ वटै पालिकामा अधिवेशनको तयारीपुरा गरी धनकुटामा आज साधारण सभा गरेको हो । साधारण सभामा धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेत शहिदभूमी गाउँपालिकाका अध्यक्ष्ँ मनोज राई ले नवर्निवाचीत पदाधीकारी र सदस्यलाई बधाई दिदै कार्यसफलताको शुभकामना दिनु भएको थियो ।
साधारण सभाको अध्यक्षता निर्वाचान समितीका संयोजक तारानाथ मिश्रले गर्नु भएको थियो । कार्यक्रमको संचालन निर्वाचन समितीका सदस्य गोविन्द राईले गर्नु भएको थियो ।


