शहिदभूमीमा नाराबाजी सहित मसाल जुलुस
धनकुटा खबर । नेपाली कांग्रेस शहिदभूमी गाउँपालिका वडा नम्बर ६ ले थलथले बजारमा नाराबाजी सहित मसाल जुलुस आज साँझ प्रदर्शन गरेको छ ।
सरकारले गरेको संसद विघटन संविधान विपरीत रहेको र संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध चलिन सक्ने असंवैधानिक कार्यहरूप्रति राँकेजुलुस मार्फत खबरदारी गरिएको नेपाली कांग्रेस सहिदभूमी गाउँपालिका वडा नं ६ ले जनाएको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यताप्रति भइरहेको आक्रामणप्रति राँके जुलुस र नाराबाजीबाट खबरदारी गरिएको नेपाली कांग्रेस वडा नं ६ का उपसभापति चन्द्रमान राईले बताउनुभयो ।
देशमा कम्युनिस्टको सर्वसत्तावादी प्रवृतिको कारणबाट संविधान विपरीतको कार्य अविलम्ब बन्द गर्न र जनताको मतादेशलाई नकुल्चन नेपाल तरुण दलका जिल्ला सचिव नरेन्द्र राईले कोणसभालाई सम्बोधन गर्दै चेतावानी दिनुभयो ।खबरदार ठुलो त्याग र बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चौतर्फी हमला हुन थालेको र लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्न तरुण दलले जुनसुकै मूल्य चुकाउन तयार रहने समेत सचिव राईले बताउनुभयो ।
देशमा कम्युनिष्ट सरकारले समृद्धि दिन नसक्ने प्रष्ट भएको र अब नेपाल र नेपालीलाई सहि बाटोमा डोहोर्याउने एकमात्र पार्टी नेपाली कांग्रेस रहेको नेपाली कांग्रेस सहिदभुमि गाउँपालिकाका सचिव रुद्र राईले बताउनुभयो ।
नेपाली कांग्रेसले बोकेको संघीयता लोकतन्त्र र गणतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने नेपाल दलित संघ सहिदभुमि गाउँपालिकाका सभापति कमल परियारले बताउनुभयो ।
भ्रष्ट सरकार फालाफाल,कम्युनिष्ट सरकार असफल,कम्युनिष्टको जबज,शोषाक सामान्तीको दबदबा,कम्युनिष्ट सरकारको पाराले,दु:ख पायो साराले,संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद,संविधान मिच्न पाइदैन,भ्रष्ट सरकार चाहिदैन भन्ने नाराका साथ थलथले बजार परिक्रमा गरेपछि जुलुस बुढाहाङ चौकमा कोणसभामा परिणत भएको थियो ।
खबरदारी राँके जुलुसमा नेपाली कांग्रेस पुर्व गाविस सभापति मान बहादुर राई,पुर्व सचिव सुरेन्द्र राई,नेपाली कांग्रेसका क्रियाशिल सदस्य अम्बर बहादुर राई, महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी, नेपाली कांग्रेसका क्षेत्रिय सदस्य कमल कुमारी राई, नेपाल आदिवासी जनजाति संघ जिल्ला कोष अध्यक्ष विष्णु कुमारी राई, नेपाल दलित संघ जिल्ला उप सभापति धन बहादुर परियार, नेपाली कांग्रेस गाउँपालिका उप सभापति तोर्ण खडका,शिरिसेटोल समितिका हेम राई, सानोमाम्फिङ टोल समितिका उत्तम राई,उमेश राई,सुकेआहाल टोल समितिका प्रताप राई,बाटिका राई,एवाईटोल समितिका यज्ञ राई, धर्मसेर राई, प्रदिप राई, थलथले बजार टोल समितिका मणिराज राई, नगेन्द्र राई,सन्जय राई, सुनिता गिरी, मधु कुमार राई, तोर्ण परियार, घुमाउनेडाँडा टोल समितिका कमल भट्टराई, प्रकाश घिमिरे, चन्द्र खड्का, सारदा प्रसाद खड्का, पुजारी टोल समितिका शिला राई, विवेक राई ठूलोगाउ टोल समितिका रामकुमार राई,महेश राई,नेपाली कांग्रेस वडा नं ६ का सचिव प्रदिप राई,प्रदिप भण्डारी,कोष अध्यक्ष कविता राई,नेपाल महिला संघका सभापति नन्द कुमारी राई,नेपाल किसान संघका वडा सभापति इन्द्र बहादुर परियार लगायतकाको उपस्थितिमा सयौ कार्याकर्ताको सहभागिता थियो ।


