पिकअप भ्यानले स्कुटीलाई ठक्कर दिदा एक .जनाको मृ त्यु
इटहरी । पूर्व–पश्चिम राजमार्ग बेलबारी नगरपालिका ४ हल्लुडेमा पिकअप भ्यानले स्कुटीलाई ठक्कर दिदा एक .जनाको मृ त्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च २२४२ न को पिकअप भ्यानले दक्षिणतर्फ बाटो काट्दै गरेको को ३५ प ५९७५ न को स्कुटीलाई ठक्कर दिदाँ स्कुटर चालक भोजपुर दोभाने गाउँपालिका १ घर भई हाल दोभाने ११ बस्ने बर्ष ४३ का अर्जुन खत्रीको मृ त्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पिकप भ्यानको ठक्करबाट घाईते भएका खत्रीको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ त्यु भएको प्रहरीले जनाएको छ । स्कुटरमा सवार ६५ वर्षका दुर्गा प्रसाद भण्डारी गम्भीर घाईते हुनुभएको छ । पिकअप चालक सुनसरीको धरान १३ का बर्ष ३० को दिल सिंह राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।


