नेकपाको धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा ताला
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा ताला लगाएको छ ।
आन्तरिक विवादमा फसेको नेकपा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगैं द्वन्द्वको चरम उत्कर्षमा पुगेपछि कार्यालय आफ्नो कब्जामा पार्न ओली समुहले ताला लगाएको जनाईएको ।
विवाद कै कारण लगभग पार्टी फुटको संघारमै पु्गिसकेको वेला छुट्टा छुट्टै बैठक बोलाएर विभिन्न छलफलमा रहेका ओली र दाहाल नेपाल समुहले एकले अर्कोलाई कारवाही गर्ने बताउदै आएकाछन् ।


