छथरजोरपाटीमा अगुवा महिलाहरुलाई क्षमता बिकास तालिम

नारायण कुमार राई, धनकुटा खबर । छथरजोरपाटी वडा नं.५ र ६ का अगुवा महिलाहरुलाई नेतृत्व बिकास तालिम दिईएको छ ।

गाउँपालिकाको सहयोग तथा सामुदायिक सन्चार केन्द्र धनकुटाको आयोजनामा एक दिने गोष्ठीको आयोजना गरेर तालिम प्रदान गरिएको हो ।

कार्यक्रम केन्द्रका अध्यक्ष सन्तोष रुचालको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा २ वडाका अगुवा तथा जननिर्वाचित ३० महिलाहरुको सहभागिता रहेको थियो ।


सहभागी महिलाहरुलाई सहजकर्ता निलबहादुर थापाले महिला अधिकार के हो ? महिला श–सक्तिकरण किन ? लगाएतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष सुरेन्द्र लिम्बू,वडा नं.६ का अध्यक्ष दिलबहादुर थापा,छथरजोरपाटी महिला शाखा प्रमुख एलिना निरौला लगाएतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।