प्रेम विवाह गरेको तीन दिनमै दाजुले गरे बहिनीको ह त्या

खोटाङ। दाईले भनेको केटा सँग विवाह नगरेको निहुमा खाटा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा स्थित सेखुवाकी एक किशोरीको ह त्या गरिएको छ । ठूलो बुबाका छोरा नाताले दाई पर्ने सञ्जीव राईले भनेको केटा सँग विवाह नगरी प्रेम विवाह गरेकी २६ वर्षकी सकुन्तला राईको सञ्जीपले नै ह त्या गरेको खुलेको छ ।

पटक पटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका सञ्जीवले बहिनी सकुन्तलाले आफैँले रोजेको केटासँग प्रेम विवाह गरेको तीन दिनपछि उनको ह त्या गरिएको पाईएको हो । करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले गत शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन्। विवाह गरेको तीन दिनपछि अस्ति सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर ह त्या गरेको घटना खुलेको छ ।

अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट धेरै पटक ध म्की आएको र बिहान घरमै पुगेर सकुुन्तलालाई लगेर ह त्या गरेको सकुन्तलाका श्रीमान् दिनेश कटवालले बताउनुभएको छ । दिनेसका अनुसार “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर गएका थिए । घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा ह त्या भएको अवस्थामा शव फेला भेटिएको दिनेशले वताउनुभएको छ ।

घरबाट हिँडेको झण्डै एक घण्टाको समयावधि भित्रै दिदीको ह त्या भएको हुनसक्ने सकुुन्तलाका भाई समीर राईको भनााई छ । दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कुुट्दै गरेको भेडा गोठालाले देखेको पाईएको समीरले वताउनुभएको छ । दाईले रोजेको केटासँग विवाह नगरी प्रेम विवाह गरेको निहुमा दिदीको ह त्या गरिएको हुनसक्ने भन्दै समीरले ह त्यामा संलग्न दाजुु सञ्जीवलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने वताउनुभएको छ ।

विद्यालय स्तरमा पढ्दादेखी नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशियामा रहेको वेला काठमाडौँमा सिलाइ(कटाइको काम गर्नुहुन्थ्यो। उनि केही समय अघिमात्र माइतीघर सेखुवा आएकी थिईन । त्यसवेला पनि दाजु सञ्जीवले आफूूसँग पनि सकुन्तलाले मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको समिरले बताउनुभयो । सकुन्तलाका श्रीमान दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार ह त्यामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको छ। उनलाई केही समयपछि सार्वजनिक गरिने प्रहरी नायब उपरीक्षक चिमरीयाले वताउनुभयो । सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तको भनाई छ । उनको शव हिजो जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।