जसपाले यसरी गर्यो धनकुटामा विरोध प्रदर्शन
धनकुटा खबर । जनता समाजबाटी पार्टी धनकुटाले केपी शर्मा ओली नेतृत्वको सरकारले असंबैधानिक तवरले संसद विघटन गरेको भन्दै आज धनकुटा सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।

पार्टी कार्यालय बस पार्क बाट भएको बिरोध र्याली भिमनारायण चोक पुगेर मदन चोकमा आई विरोध सभामा परिणत भएको थियो । विरोध सभा लाई सम्बोधन गर्दै प्रदेश न १ का प्रदेशसभा सदस्य आरसी तुम्बाले सरकारले संसद विघटन गरेर संघिय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै जसपाका केन्द्रिय सदस्य राजकुमार राईले ओलीको निरकुश कदमको विरोध सबै पक्ष बाट भएको र अदालतले यसको सहि निर्णय दिने कुरामा लोकतन्त्रवादीहरु विश्वस्त हुनु पर्ने बताउँनु भयो । साथै उहाँले निरंकुश तन्त्र संसार मै नटिकेकोले त्यो कहि पनि सफल नहुने बताउनु भयो ।


