संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले गाउँगाउँमा जागरण अभियानका साथ अगाडी बढ्नु पर्ने
धनकुटा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले मुलुकको विद्धमान समस्या समाधान गर्न नेपाली कांग्रेसले मात्र सक्ने वताउनु भएको छ ।
धनकुटाको भेडेटारमा नेपाली कांग्रेसद्धारा आयोजित पार्टी प्रवेश तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा वोल्दै उहाँले त्यस्तो वताउनुभएको हो । अहिले मुलुकमा संवैधानिक संकट आएको भन्दै यो संकट समाधानका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताउनुभयो ।
कार्यक्रममा राप्रापा र नेपाल कम्यिुनिष्ट पार्टी नेकपा परित्याग गरी २ सय ४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा राधिका लिम्बु, चन्द्र याक्खा,राजेन्द्र कुमार इङ्नाम,पुस्कर लिमबु,किशान लिम्बु,ओम कुमारी राई,सुमन इवाहाङ,सुरेश कुमार नयोङहाङ्ग,,हर्क वहादुर लिम्बु,हरी भण्डारी,राम वहादुर मगर,चन्द्रकला राई,बल विर लिम्बु,राम कुमार याक्खा,सुरज लिम्बु, विष्णु याक्खा,,महेन्द्र घिमिरे,रुपेश याक्खा,विजय लिम्बु,बलि याक्खा, दिपेन थेगिम, रुपेश याक्खा, हिमाल ध्वज लिम्बु,कसम तामाङ्ग,विष्णु तामाङ्ग,राम प्रसाद मगर,सुरज लिम्बु, पदम थेगिम, राम कुमार याक्खा,अरुण घिमिरे,,सुरज लिम्बु,चित्रकला मगर ,राम प्रसाद मगर,बल विर लिम्बु,डेनिश घिमिरे, इन्द्र याक्खा,सविन याक्खा ,दामदीम राई,रुपा राई,सविन राई, महेन्द्र लिम्बु,हर्क लिम्बु लगायत रहेको पार्टीका क्षेत्रिय सभापति जितेन्द्र राईले वताउनु भयो ।
उनिहरुलाई नेपाली कांग्रेसका सहमहामन्त्री थापा सहित केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,प्रदेश नंं १ का सांसद लिला सुब्बा, जिल्ला सचिव विजय सन्तोषी राई,यूवा नेता कमोठ फागो लगायतले टिका, अवीर तथा माला लगाई स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीका केन्द्रिय आमन्त्रित सदस्य श्रेष्ठले लोकतन्त्र संकटमा पर्दै गएकाले अव यसको रक्षाका लागि कांग्रेस अग्रसर भएको वताउनु भयो । त्यस्तै प्रदेश सभाका सदस्य लिला सुब्बाले हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको धारणा राख्नुभयो । अन्य वक्ताहरुले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले गाउँगाउँमा जागरण अभियानका साथ अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।


