एकाबिहानै धनकुटामा बसले किच्दा एक महिलाको मृ त्यु
धनकुटा खबर । आज विहान करिव ८ः ५५ बजे धनकुटामा वसले किचेर एक महिलाको मृ त्यु भएको छ ।
धरानबाट धनकुटा हुँदै भोजपुर तर्फ गईरहेको को १ ख ४०७४ नं वसले किच्दा धनकुटा नगरपालिका ९ रुद्रवारी की अनुमानित ४५ वर्षकी गुणा राई को मृ त्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती महिला सोही वसमा रुद्रवारीबाट धनकुटा आइ जिरोप्वईटमा वसबाट झर्नेक्रममा वसको पछाडीको चक्काले किचेको हो ।
उनको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । धनकुटा ९ मुलघाटका वस चालक नविन लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


