यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई अन्योलमा

काठमाडौं, यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्योल भएको छ । कोरोना भाइरसका कारण गत वर्ष विद्यालयलको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिए पनि यो वर्ष कहिले र कसरी गर्ने भन्नेमा राष्ट्रिय परीक्षा बोर्डले तयारी नगरेको जनाएको छ ।

परीक्षा बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयलाई नै परीक्षाको जिम्मा दिन सकिने प्रस्ताव बोर्डले शिक्षा मन्त्रालयमा पठाए पनि मन्त्रालयले भने अहिलेसम्म कुनै निर्णय नदिए पछि कहिले र कसरी गर्ने भन्ने वारे अन्योल्ता र्सिजना भएको हो । अहिले समम परिक्षा सम्बन्धि कुनै तयारी नभएकाले यो वर्ष चैतमा परिक्षा गर्न नसकिने बोर्डले जनाएको छ ।

कक्षा ९ का लागि रजिष्ट्रेसन फाराम र कक्षा १० का लागि आवेदन फाराम खुला र प्रश्नपत्र अहिले सम्म तयार गरिसक्नु पर्नेमा त्यो पनि छैन । गएका वर्षमा पुसमा नै विशेषज्ञले प्रश्नपत्र तयार पारेर छपाइका लागि पठाउने गरिए पनि अहिले प्रश्नपत्र बनाउने कि नबनाउने भन्नेमा बोर्ड नै अलमलमा छ । गत वर्ष तयार पारिएको प्रश्नपत्र नष्ट गर्नु परेकाले यो वर्ष पनि त्यस्तै हुने हो की भनेर प्रश्नपत्र तयार गर्न ढिला गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिक्षा पर सार्ने, विद्यालयलाई नै जिम्मा दिने वा बोर्डबाट गर्ने भन्ने वारेमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।