जनता समाजवादी पार्टीले आज देशभर प्रदर्शन गर्दै
काठमाडौं/प्रतिनीधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टीले आज देशभर प्रदर्शन गर्दैछ। बिहीवारबाट सडकमा उत्रेको उसले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।
जसपाको केन्द्रिय समितिले असंवैधानिक संसद विघटन अस्वीकार गर्दै संसदको अधिवेशन सञ्चालन गर्न सभामुखलाई आग्रह समेत गरिसकेको छ। उसले भोलि शनिवार मसाल जुलुस र पर्सि १२ गते आईतवार जनप्रदर्शनको कार्यक्रम तय गरेको छ ।
पौष ५ गते प्रधानमन्त्री ओली सरकारले प्रतिनीधिसभा विघटन गरेसँगै जसपाले यसको विरोध गर्दै आएको छ।


