टंक माविको वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रवृती र अभिभावकलाई सम्मान

शर्मिला राई, धनकुटा खबर । धनकुटा नगरपालिका २ भीरगाउँ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयले आज आफ्नो ६७ औ वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृती वितरण तथा अभिभावकलाई सम्मान गरेको छ ।

धनकुटा नगरपालिका २ नं वडाध्यक्ष अध्यक्ष चन्द्रलाल तामाङको प्रमुख आतिथ्य तथा विद्यालयका प्रधानाध्यापक नर वहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा वखत वहादुर तिलक कुमारी अक्षकोषबाट ४ जना र वावुराम शर्मा लामिछाने स्मृती कोष मार्फत २ जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

वखत वहादुर तिलक कुमारी अक्षकोषबाट कक्षा ९ मा अध्ययनरत जेहेन्दार विद्यार्थीहरु पवित्रा भुजेल, रुद्र वहादुर मगर, कक्षा १० मा अध्ययनरत विनिता गुरागाई र आशिष राई लाई जनही ४,४ हजार ५,५ सय नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तैगरी वावुराम शर्मा लामिछाने स्मृती अक्षकोष मार्फत कक्षा ८ मा का आयुष खत्री र अस्मिता राईलाई जनही १,१ हजारको दरले नगद पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय प्रारम्भिक पढाई (ईजिआरपी) कार्यक्रममा उत्कृष्ट विद्यार्थी कक्षा २ का आकृती तामाङ अभिभावक फत्य वहादुर तामाङलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

ईजिआरपी कार्यक्रम गत वर्ष नै सकिएको भएपनि यो विद्यालयले भने कार्यक्रमलाई निरन्तरता दिईरहेको प्रधानाध्यापक विश्कर्माले वताउनुभयो । कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका २ नं वडाध्यक्ष तामाङले कोरोना माहामारीको समस्याको कारण गत वर्षहरुमा जस्तो यस वर्ष भव्य समारोहको आयोजना गरि विद्यालयको वार्षिकोत्सव नमनाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सम्वन्धित विद्यार्थीका अभिभावकहरुको उपस्थितीमा सामान्य तरिकाले मनाईएको स्पष्ट पार्नुभयो ।

उहाँले प्राथामिक तहका विद्यार्थीहरुको शैक्षिक सुधारका लागि यसै शैक्षिक सत्र भित्र २ वटा टी भि विद्यालयलाई उपलव्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।