रहेनन् माम्फिङ किसान आन्दोलन धनकुटाका तत्कालिन नेतृत्व कर्ता राई !

धनकुटा खबर । माम्फिङ किसान आन्दोलनका तत्कालिन नेतृत्व कर्ता पञ्चलाल राईको आज नेपाल कम्युनिष्ट पार्टी नेकपा शहिदभूमी गाउँ कमिटीले पार्टीको झण्डा ओढाई अन्त्यष्ठि गरेको छ ।

१९८९ साल असार २२ गते शहिदभूमी गाउँपालिका वडा नं ६ माम्फिङ वुवा आशध्वज राई र आम लोङगीमा राईको पहिलो सन्तानको रुपमा जन्म भई पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन गर्दै किसान आन्दोलनको क्रममा २०३६ देखी २०४४ साल सम्म जेल जीवन विताउनुभएका राईको पौष १० विहान ९२ वर्षको उमेरमा घर मै दुखद निधन भएको थियो ।

उहाँ जनयुद्धकालमा जनसरोकार उपप्रमुख ईलाका ईञ्चार्ज भई सक्रिय रुपमा आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँले पञ्चायत काल देखी नै स्थानिय स्तरमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गर्दै आउनुभएको पार्टीको गाउँ कमिटीले जनाएको छ ।

उहाँको अन्त्यष्ष्ठिमा प्रदेश नं १ का प्रदेशसभा सदस्य निरेन राई, गाउँपालिका अध्यष मनोज राई, नेकपा शहिदभूमी ईञ्चार्ज सुष्मा किराँती, गाउँकमिटी अध्यष नीर वहादुर राई, सचिव मातृका राई ६ नं वडाध्क्ष हेम कुमार राई सहित आफन्तहरुको उपस्थिती थियो ।

स्व. राई को श्रीमती वलानश्वरी राई छोराहरु लक्षमण, अशोक छोरीहरु सरोज कुमारी,लक्ष्मीमाया र सकुन्तला रहेकाछन् । उहाँको निधनले पार्टी कमिटीलाई अपूरणिय क्षति पुगेको जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖