स्टिम नुडल्स बनाएर स्वरोजगार, प्रविधिमा कसैले सहयोग नगरेको गुनासो
नारायण कुमार राई,धनकुटा । धनकुटा छथर जोरपाटी गाउँपालिकाका ज्ञानेन्द्र कार्की १२ बर्ष देखि थुक्पा बनाएर स्वरोजगार छन् ।

२०६५ सालबाट निजी ६ लाख रुपैंया खर्चेर घरेलु स्टिम नुडल्स(थुक्पा) उद्योग खोलेर ४८ बर्षिया कार्की र उनकी श्रीमती मेनुका कार्की स्वरोजगार छन् ।
दैनिक ४ क्वीन्टल मैदाको नुडल्स बनाएर कार्की आफै बजारमा बेच्ने गरेका छन् । उनले आफ्नो मोटरसाईकलमा ढुवानी गरेर स्थानिय सिधुवा बजार,धनकुटा बजार र हिले बजारका घर र पसलहरुमा पु¥याउने गरेका छन् ।
दैनिक ११ हजार ५ सय खर्च गरेर दैनिक १ हजार ५ सय देखि २ हजार ५ सय सम्म कमाउने गरेको कार्कीले बताए । सामान्यतया ४५ देखि ५० हजार कमाई गर्ने कार्कीको कोरोना संक्रमणका केहि समय ब्यवसाय अलि समस्यामा रहेपनि अहिले पुनः सुधार उन्मूख रहेको जानकारी दिए ।
बनाउने बित्तिकै उपभोग गरिने भएकाले नुडल्समा कुनै गन्ध नहुने हुंदा बेच्नका लागि बजारको कुनै समस्या नरहेको कार्कीले बताए ।
६५ सालबाट काम शुरु गरी ७४ सालबाट ब्यबसाय दर्ता गरेका कार्कीले प्रविधि सहयोगका लागि सम्बिन्धित निकायमा पटक–पटक सहयोग माग गरेपनि सहयोग नपाएको गुनासो गरे ।


