पुन: निर्माण सम्बन्धी समिक्षा तथा अन्र्तकृया कार्यक्रम सम्पन्न
धनकुटा खबर । राष्ट्रिय पुन निर्माण प्राधिकरण स्थापना दिवसको अवसरमा धनकुटामा आयोजित पुन निर्माण सम्बन्धी समिक्षा तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला आयोजना कार्यन्वय इकाई भवन धनकुटा, जिल्ला आयोजना कार्यन्वय इकाई अनुदान व्यावस्थापन तथा स्थानिय पूर्वाधार एकाई धनकुटा तथा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा धनकुटाले संयूतm रुपमा आयोजना गरिएको कार्यक्रमा भवन,पूर्वाधार र शिक्षा इकाईले आफूले गरेका काम र बाँकी रहेका कामको विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै भूकम्प पछिको पुन निर्माणमा आएका समस्याहरुको समेत छलफल भएको थियो भने भूकम्प बाट बन्चे र सुरक्षित हुने कार्यको जानकारी समेत गराईएको थियो । कार्यक्रमा जिल्ला प्रशासन कार्यलय धनकुटाका निमित प्रमुख जयराम श्रेष्ठ, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मन्जु अधिकारी,पाख्रिवास नगरपालिकाकी उपप्रमुख देवकला तिम्सिना,धनकुटा नगरपालिकाका कार्यकारी प्रमुख रामबहादुर थापा, महालक्ष्मी नगरपालिकाका कार्यकारी प्रमुख सुर्यप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, लगायत विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सभापतित्व जिल्ला आयोजना कार्यन्वय इकाइका प्रमुख थिरेन्द्र दाहालले गर्नु भएको थियो भने कार्यक्रको संचालन जिल्ला आयोजना कार्यन्वय इकाइ धनकुटाका नाशु खिरबहादुर बुढाथोकीले गर्नु भएको थियो ।


