धनकुटाको छिन्ताङस्थित जलकन्या प्राविको स्थापना दिवसमा दाताहरुलाई सम्मान !

धनकुटा खबर । सहिदभुमि गाँउपालिका वडा नं ३ छिन्ताङ लुङलेन स्थित रहेको जलकन्या देवि प्राथमिक विधालयको ३२ औ स्थापना दिवस तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । विधालयको ३२ औ स्थापना दिवस तथा सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्ट बहादुर राईको अध्क्षता तथा सहिदभुमि गाँउपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको होे ।

कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका अध्यक्ष मनोज राईले कार्यक्रमा बोल्ल्नु हुदै गाँउपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाउदै साक्षरता वृद्धि गरी मानव संसाधनको विकास गर्दै लैजाने लक्ष्य रहेको बताउनु भयो । साथै उहाले हिजोको अग्रजहरुको पहल र प्रयत्नबाट स्थापना भयको विद्यालयको विकास तथा समृद्धिका लागि गाँउपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा उच्च अदालात विराटनगरका न्यायधिस टेक नरायण सिहं राई लाई सम्मान पत्र तथा दोसल्ला ओढाइएर सम्मान गर्नु भएको विद्यालयका प्रधानध्यापक सोभा राइले बताउनु भयो । न्यायधिस टेक नरायण सिहं राइले पनि कार्यक्रममा बोल्नु हुदै विद्यालयमा १ लाख बराबरको अक्ष्यकोष स्थापना गरिदिने घोषना गर्नु भयको छ ।

त्यस्तै गरी विद्यालयलाई जग्गा उपलब्ध गराउनुहुने जग्गा दाताहरु हर्क राई , मानविर राई , विद्यालयका संस्थापकहरु लाखमान राई , स्वर्गीय रत्न बहादुर राई, स्वर्गीय भक्त बहादुर राई ,स्वर्गीय गडुल बहादुर राई ,थान्जित राई र जय बहादुर राई , त्यस्तै गरी विद्यालय स्थापना समयमा निशुल्क दरवन्दिमा पढाएर सहयोग गर्नुहुने ५ जना शिक्षकहरु सुर्य कुमार राई ,थाम बहादुर राई, असोक राई ,खड्ग बहादुर राई र रत्न बहादुर राईलाई पनि सम्मान पत्र तथा दोसोल्ला ओढाएर सम्मान गरिएको विद्यालयका प्रधानध्यापक राईले बताउनु भयो ।

त्यस्तै विद्यालयमा अध्ययनगरेका हाल नेपाल पर्यटन वोर्डमा कार्यरत ऋसि माया राइ र सोहि विधालयमा अध्ययन गरेका र हाल शैक्षि क्षेत्रमा कार्यरत बम बहादुर कार्कीलाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सोहि अवसरमा सामुदायिक सहयोग कार्यक्रमका संयोजक जेवि राई र यस विधालयमा अध्यनगरि विभिन्न समयमा एसएलसी पास गरेका विद्याथीहरु रेसा राई ,रोशन राई दलित बाट सुर्य प्रकाश विस्वकर्मा , मणि राई लाई पनि सम्मन पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गाँउपालिका अध्यक्ष मनोज राई , गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्य विधायलयका प्रधानाध्यापक लगायतले सम्मान गर्नुभयको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।