उपकुलपति लामिछानेकाे प्रमुख आतिथ्यमा धनकुटाको महालक्षमीस्थित जनता माविको बार्षिकोत्सव सम्पन्न

धनकुटा खबर । धनकुटाकाे महालक्षमी नगरपालिका जितपुर स्थितकाे जनता माध्यमिक विद्यालयले आज आफ्नाे ५५ औं प्रथम प्रविधिमैत्री वार्षिकाेत्सव मनाएकाे छ ।

संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा.डा यादव प्रकाश लामिछानेकाे प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर वहादुर सुवेदीकाे अध्यक्षतामा विद्यालयले प्रविधिमैत्री भर्चुअल माध्यम मार्फत अाफ्नाे वार्षकाेत्सव मनाएकाे हाे ।

बाल विकास देखि कक्षा १२ सम्म सञ्चालित याे विद्यालयमा नर्सरी देखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाइ भैरहेकाे भविष्यमा १२ कक्षा सम्मै अंग्रेजी माध्यमबाटै पठनपाठन गरिने लक्ष रहेकाे वार्षिकाेत्सवमा जानकारी दिईएकाे छ ।

यहाँ गएकाे शैक्षिकसत्रदेखी नै कक्षा ९ देखि १२ सम्म भिजुअल मनध्यमबाट पढाइ शूरू गरिसकिएकाे विद्यालयले जनाएकाे छ । विद्यालयकाे प्रतिवेदन अनुसार अार्थिक वर्ष २०७६/७७ काे अाय ३ कराेड ४३ लाख ४३ हजार ८ सय ४१ रुपया रहेकाे छ भने व्यय २ कराेड ९४ लाख ६० हजार ६ सय ९९ रहेकाे छ ।

प्रविधिमैत्री भर्चुअल वर्षिकाेत्सवमा वाेल्ने वक्ताहरुले प्रविधिमैत्री विकासकाे हिसावले याे विद्यालय निक्कै अघिवढेकाे कुरा प्रशंसा याेग्य रहेकाे भन्दै थप विकासकाे शूभकामना दिएकाे थिए ।

विद्यालयकाे ५५ अाै प्रथम प्रविधिमैत्री भर्चुअल वार्षिकाेत्सवमा महालक्ष्मी नगरपालिका उप-प्रमुख मञ्जु अधिकारी, शिक्षा विकास निर्देशनालय प्रदेश १ का निर्देशक राजेन्द्र वुढाथाेकी,शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाका प्रमुख माेहन राई,पूर्व जिल्ला शिक्षा अधिकारी नमूना विद्यालय विकास कार्यक्रमका सहयाेगी राम वहादुर थापा,प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भुपति वस्याल लगायतले मन्तव्य राखेका थिए ।

वार्षिकाेत्सवमा विज्ञान प्रदर्शनी तथा पशुविज्ञान प्रदर्शनी अन्तर्गत विद्यार्थिहरुले वनाएका नमूना काेभिड अस्पताल,ग्रिन हाउस,एटिएम,हेलिकप्टर,भैंसी मर्फ लगायतका नमूना प्रदर्शन गरिएकाे थियाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।