नवनियुक्त मन्त्रीहरूको काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
काठमाण्डौ /नवनियुक्त मन्त्रीहरूको काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति तथा हेरफेर विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको हो ।
मन्त्रिपरिषद विस्तार गर्ने निर्णय बदर गर्नू, नवनियुक्त मन्त्रीहरूलाई काम गर्न नदिनू, थप मन्त्रीहरू नियुक्त नगर्न, महत्वपूर्ण अरू नियुक्ति नगर्न’ सहितका माग राखेर रिट दर्ता गरेकोअधिवक्ता दिनेश त्रिपाठीले वताउनुभयो । उहाँका अनुसार सर्वोच्चले भोलिकै लागि पेशी तोकिदिएको छ ।
गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले सात जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुका साथै केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नुभएको थियो ।


