शहिदभूमी गाउँपालिका वडा नं ५ का ५ हजार ७ सय २४ पशु चौपायालाई उपचार तथा औषधि वितरण
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ५ का ५ हजार ७ सय २४ पशुचौपायालाई उपचार तथा औषधि वितरण गरिएको छ ।
गाउँपालिकाको पशुशाखाको दोश्रो चौमासिक कार्यक्रम अन्र्तगत सञ्चालित एक दिने पशु स्वास्थ्य शिविरको अवसरमा पशुपंक्षीमा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि १ सय ९८ घरधुरी संख्याका उल्लेखित सँख्याका पाशु चौपायाको उपचार गर्दै औषधि वितरण गरिएको हो ।
जसअनुसार कुखुरा २७ सय, गाईगोरु ३ सय ९६, वाख्रा १९ सय ९, भैसी ६४,बंगुर २ सय ९४,परेवा २ सय ४६ र ३ वटा हाँसको लागि आवश्यक औषधि वितरण गरिएको पशुशाखाका प्राविधिक नगेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस वडाको ४० वटा कुकुरलाई रेविज रोग विरुद्धको सुई पनि लगाईएको छ ।
शिविर ५ नं वडाध्यक्ष मलसुराम राईको अध्यक्षतामा सम्पन्न भएको थियो । शिविरमा पशु प्राविधिकहरु हरि कुमार राई,वासुदेव वास्कोटा,दीपक राई,लोकमान राई,वडा सदस्य गोविन्द राई गाउँपालिकाका लेखा संयोजक नितेश कुममार यादव लगायतको उपस्थिती थियो ।


