धनकुटाको शहिदभूमीमा आधारभूत तह एकिकृत पठ्यक्रम कार्यन्वयन सम्वन्धि अभिमुखीकरण
धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिकामा आजदेखी आधारभूत तह कक्षा १-३ मा एकिकृत पठ्यक्रम कार्यन्वयन सम्वन्धि दुई दिने अभिमुखीकरण शूरु भएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाको आयोजना तथा शहिदभूमी गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद विकास शाखाको व्यवस्थापनमा सञ्चालित अभिमुखीकरणमा सो गाउँपालिका क्षेत्रका ३९ वटा विद्यालयहरु मध्ये ३७ वटा विद्यालयका कक्षा १ मा अध्यापन गराउने शिक्षक तथा ती कक्षाहरुमा भाषा पढाउने शिक्षकहरुको सहभागिता रहेको गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद विकास शाखा प्रमुख उमेश राईले जानकारी दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष रत्नेश्वरी राईको प्रमुख आतिथ्य तथा शाखा प्रमुख राई को अध्यक्षतामा उद्घाटन गरिएको अभिमुखीकरणको सहजीकरण मावि शिक्षकहरु शम्शेरमान राई,विजय कुमार मिश्र, निर्मला अधिकारी वाग्ले लगायतले गरिरहेका छन् ।
नेपाल सरकारले आधारभूत तहमा लागु गरेको एकिकृत पाठ्यक्रम कार्यन्वयनका लागि सहजता र्सिजना गर्न अभिमुखीकरण सञ्चालन गरिएको शाखा प्रमुख राईले वताउनुभयो । अभिमुखीकरणमा सहभागी शिक्षकहरुलाई नयाँ पाठ्यक्रम अनुसार कसरी अध्यापन गराउने ? अध्ययन,अध्यापन कार्यमा कसरी प्रभावकारीता ल्याउन सकिन्छ ? भन्ने लगायत आवश्यकी कुराको वारे जानकारी गराईने छ ।
अभिमुखीकरण उद्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फकिर मोहम्मद, सूचना प्रविधि अधिकृत विकल्प कार्की,शाखाका प्रविधिक सहायक वद्री कार्की, लेखा संयोजक नितेश कुममार यादव लगायतको उपस्थिती थियो ।


